काठमाडौँ, ४ फागुन । सेयर बजार परिसूचक नेप्से आज पनि दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्सेमा १९ दशमलव ८४ अंकको गिरावट आउँदै २७ सय ३४ दशमलव ४४ विन्दुमा झरेको छ ।
यस्तै यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३ दशमलव ४७ अंकले घट्दै ५१८ दशमलव ६६ विन्दुमा झरेको नेप्सेले जनाएको छ । आज निर्जीवन बीमा र अन्य समूह अन्तर्गतको उपसूचक बाहेक बाँकी सबै उपसूचक ऋणात्मक भएका छन् । १९ अंक माथिले बजार घटेसँगै यस दिनयता कारोवार रकम समेत घटेको छ । नेप्सेका अनुसार आज साढे ५६ लाख माथिको सेयर बजारमा ३९ हजारभन्दा बढी पटक किनबेच हुँदा जम्मा तीन अर्ब २ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।










प्रतिक्रिया दिनुहोस्