काठमाडौँ, ५ फागुन । हाल देशमा पश्चिम न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ को पहाडी भूभागको एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा सम्भावना छ । सो प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने बाँकी भूभागमा मौसम सामान्य रहनेछ ।
त्यस्तै आज राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्