समाचार

काठमाडौँ उपत्यकामा थप १४३ जनामा कोरोना पुष्टि



काठमाडौँ, ५ फागुन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १४३ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ११६ जना, ललितपुरमा १८ र भक्तपुरमा ९ जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय ५० पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५ सय ७० जना कोरोना संक्रमित थपिएका छन् ।