Banner News

भोलिको संसद् बैठकको सम्भावित कार्यसूचीमा एमसीसी अटाएन



काठमाडौँ, ५ फागुन । शुक्रबार प्रतिनिधिसभाको बैठक बस्दै छ ।

सरकारले शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारी गरेको छ । तर, संसद् सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा भने एमसीसी सम्झौताबारे केही उल्लेख छैन ।

सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने मात्रै छ । त्यसअघि कार्यव्यवस्था समितिको बैठक बोलाइएको छ । बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ ।