Banner News

एमसीसी आज संसदमा टेबल हुन्छ: प्रवक्ता कार्की



काठमाडौँ, ८ फागुन । अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता आज संसद्मा टेबल हुने भएको छ ।

आज बिहान बालुवाटारमा बसेको पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा एमसीसी संसद्मा टेबल गर्ने सहमति जुटेको हो ।

बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी आज संसद् बैठकमा टेबल हुने बताए । उनले भने, ‘आज एमसीसी परियोजना सार्वभौम संसद्मा टेबुल हुन्छ । त्यसपछि सडकमा होइन, संसद्बाट निष्कर्षमा पुग्छ ।’