Banner News

अध्यक्ष प्रचण्ड र माधवको दोहोरो चरित्र: कार्यकर्ता सडकमा, दर्जनौं घाइते



काठमाडौँ, ८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा रहेको बताउनुभएको छ ।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टी पहिलेदेखि नै एमसीसीको विरुद्धमा रहेको स्पष्ट पार्नुभयो । अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत सरकारले संसदमा एमसीसी पेश गरेकोमा विरोध जनाउनुभयो । तर सत्ता गठबन्धनको बैठकमा भने प्रचण्डले एमसीसीलाई टेवल गर्न दिने सहमति गर्नुभएको थियो । प्रचण्ड तथा माधवकुमार नेपालले सहमति दिएसँगै सरकारले आज संसदमा एमसीसी टेवल गरेको हो । यता माओवादी तथा नेकपा एस निकटका युवा तथा विद्यार्थी भने एमसीसीको विरुद्धमा सडकमा ओलिएका छन् । माओवादी तथा एस पार्टीको दाहोरो भूमिकाले गर्दा कार्यकर्ता तथा नागरिक समेत आधिकारिक धारणा के हो ? भनि अस्पष्ट भएका छन् । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दर्जनौँ घाइते भएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत प्रचण्डले लेख्नुभएको छ, ‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’