समाचार

एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु



सुनसरी, ९ फागुन । जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ४ मा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आइतबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ झ ००२८ नम्बर भएको एम्बुलेन्सले ०१–०२–०४१ प २१५५ नम्वरको स्कुटीलाई ठक्कर दीदा इनरुवा–५ का ३० वर्षीया निर्मला उराँवको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उराँवको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालक सप्तरी विषनपुर ५ का २७ वर्षीय सुनिलकुमार मेहतालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।