राजनीति

किसानलाई पठाउने मौसमसम्बन्धी सूचनामा सुधार गर्न निर्देशन



काठमाडौँ, १० फागुन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई विशेष जानकारीसहित स्पष्ट रुपमा मौसमसम्बन्धी सूचना प्रवाह गर्न निर्देशन दिएको छ ।

मौसमी अवस्थाबारे सल्लाह दिने मन्त्रालय मातहतको दुई निकाय नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रलाई मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

धेरै अन्नबाली उत्पादन हुने तराईका २६ जिल्लाका ३० हजार किसानलाई मोबाइलमा एसएमएसमार्फत पठाइने यस्तो सूचना विशेष जानकारीसहित स्पष्ट बनाउन निर्देशन भएको मन्त्रालयले जनाएको छ ।