काठमाडौँ, १० फागुन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १२६ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १०१ जना, ललितपुरमा १० र भक्तपुरमा १५ जना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ४ हजार २९ जना पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ४ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रतिक्रिया दिनुहोस्