काठमाडौँ, १३ फागुन । एक महिलालाई श्रीमानले छुरा प्रहार गरी घाइते बनाएका छन् ।
प्रहरीका अनुसार बाँके चिसापानी घर भई काठमाडौँ महानगरपालिका-९ सिनामंगलमा डेरा सञ्चालन गरेकी २८ वर्षीय प्रमिला पराजुलीलाई उनका श्रीमान् अम्मर रोकायाले छुरा प्रहार गरेको हो ।
रोकायले मादक पदार्थ सेवन गरी श्रीमतीलाई बिहीबार साँझ घाटीमा छुरा प्रहार गर्दा प्रमिलाको घाटीमा गम्भीर चोट छ । उनी बोल्न नसक्ने अवस्थामा छिन् । श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।










प्रतिक्रिया दिनुहोस्