काठमाडौँ, १४ फागुन । दुर्लभवन्य जन्तु रेडपाण्डाको पाँच थान छालासहित तीन जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार शुक्रबार बेलुका रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ७ का ३२ वर्षीय रामबहादुर थापा, लुङ्ग्री गाउँपालिका वडा नं. ३ का २० वर्षीय रूपक खड्का र सुनछहरी गाउँपालिका वडा नं. ७ का १९ वर्षीय रामकुमार पुन मगर पक्राउ परेका हुन् ।
जिल्लाको राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ-प्यूठान सडक खण्डमा चेकजाँचका क्रममा रेडपाण्डाको छालासहित उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्