Banner News

काठमाडौँमा पूर्णरूपमा हट्यो स्मार्ट लकडाउन



काठमाडौँ, २० फागुन । काठमाडौँ उपत्यकामा कोभिड-१९ संक्रमणका कारण लगाइएको आंशिक निषेधाज्ञा पू‌‌र्णरूपमा हटेको छ ।

आज जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै पूर्णरुपमा प्रतिबन्धात्मक व्यवस्था हटाइएको जनाएको छ । गत माघ २३ गतेदेखि आंशिक रुपमा स्मार्ट लकडाउन गरिएको थियो ।