Banner News

तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुन गृहमन्त्री खाँणको आग्रह



रुपन्देही, २० फागुन । गृहमन्त्री बालकृष्ण खाणले तोकिएको मितिमा नै निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ ।

रुपन्देहीको भैरहवास्थित पक्लिहवा माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव समारोह तथा भवन शिलान्यास गर्दै मन्त्री खाँणले आगामी वैशाख ३० गते घोषणा गरेको स्थानीय तहको निर्वाचन आउन अब ७० दिन बाँकी रहेकोले निर्वाचन सोही समयमा सम्पन्न गर्नेमा कुनै शंका नगर्न आग्रह गर्नुभयो । सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने दावी गर्दै उहाँले त्यसका लागि सबै राजनीतिक दलहरुले स्वस्थ प्रतिस्पर्धा गर्ने सरकारको विश्वास रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय राजनीतिको मूल धारमा नआएका दलहरुलाई पनि मूल धारमा आउन आग्रह गर्दै उहाँले गणतान्त्रिक शासन व्यवस्थामा जनता नै मुख्य केन्द्रविन्दु भएकाले आगामी निर्वाचनमा विश्वास गनुपर्ने बताउनुभयो ।