Banner News

कांग्रेसले एमसीसी सम्झौता बुझाउन घर-घरमा पुस्तिका पठाउने



काठमाडौँ, २३ फागुन । नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एससीसी) सम्झौता बुझाउन नागरिकलाई घर-घरमा पुस्तिका पुर्‍याउने भएको छ ।

संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको बुझाउन पुस्तिका तयार गरिएको छ । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का अनुसार चुनावी अभियान फागुन २९ गतेबाट सुरु हुन्छ । एमसीसीको सत्यता के हो भनी कांग्रेसले घर घरमा पुस्तिका पठाउँछ । देशभरका वडा कार्यसमितिका सदस्यलाई सक्रिय बनाई घर-घरमा पुस्तिका पुर्‍याउने बताइएको छ ।

फागुन २० गतेदेखि सुरु गर्ने तय गरिएको प्रचार अभियान ९ दिन पछि सारिएको छ। फागुन २९ देखि चैत २९ सम्म प्रचारात्मक अभियान गरिने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।