Banner News

१९४ जनामा कोरोना संक्रमण, ३४८ जना डिस्चार्ज



काठमाडौँ, २४ फागुन । थप १ सय ९४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७७ हजार ६ सय ४१ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ७५ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ सय ४८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ५९  हजार ८ सय १७ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४९ जना पुगेको छ ।