ताप्लेजुङ, २७ फागुन । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चे बजारमा आगलागी भएको छ ।
प्रहरीका अनुसार आगलागीबाट घाइते भएकी मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्नेत ६७ वर्षीय वृद्धा चुलीमाया लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो ।
आगलागीबाट शिव मादेनको घर पूर्ण रूपमा जलेको छ भने रवीन्द्र लिम्बूको घरमा आंशिक क्षति पुगेको छ । स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको सहयोगमा आगो नियन्त्रणमा आएको छ । कोप्चे बजारमा बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो ।










प्रतिक्रिया दिनुहोस्