समाचार

मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु



चितवन, २८ फागुन । जिल्लाको ईच्छाकामना गाउँपालिका–२ रमाइलो डाँडामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शुक्रबार बेलुका प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डाँडाबाट करिब ५०० मिटर तल खस्दा मोटरसाइकल चालक ३४ वर्षीय रविन गुरुङ‚ पछाडि सवार ३० वर्षीया तृप्ति गुरूङ र पाँच वर्षीय आर्यन गुरूङको घटनास्थलमै मृत्यु भएको हो ।

तृप्ति र आर्यन आमा छोरा हुन् । रविन आफन्त हुनसक्ने अनुमान रहेको प्रहरीको भनाइ छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।