विराटनगर, २९ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल नेकपा एमालेसँग सहकार्यको सम्भावना नरहेको बताएका छन् ।
आज विराटनगरमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले आफ्नो खुट्टामा उभिने पहिलो प्राथमिकता भएको बताए । ।
उनले भने, ‘गठबन्धन पहिलो कुरा होइन । आफ्नै खुटमा उभिने हो, आफ्नै जनआधार सुदृढ गर्ने हो ।’ चुनाव नजिक आउँदै गर्दा मुद्दा मिल्नेहरु र लेनदेन गर्न सहज हुनेहरुबीच गठबन्धन पनि हुनसक्ने उनले बताए ।










प्रतिक्रिया दिनुहोस्