झापा, १ चैत । झापाको कमल गाउँपालिका- ५ सीतापुरीमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गएराति लु १ ख ८८३६ नम्बरको बसको ठक्करबाट इलाम सूर्योदय नगरपालिका-१ सिर्जना टाेलका ३९ वर्षीय कमल राईको मृत्यु भएको हो ।
प्रहरीले बस चालक रुपन्देही बुटवल नगरपालिका-९ बस्ने ५२ वर्षीय पूर्णबहादुर पौडेललाई पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय दमकले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्