समाचार

बालिका हत्या प्रकरण : न्याय माग्ने महिला र युट्युबर पक्राउ



काठमाडौँ, २ चैत । डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्याको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन गर्ने महिलालाई प्रहरी नियन्त्रणमा लिएको छ ।

मंगलबार महेन्द्र राजमार्ग अवरुद्ध गरेर आन्दोलन गर्न खोज्ने ८ जना महिलाहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुमा २ जना युट्युबर पनि रहेको प्रहरी स्रोतले बताएको छ । सडक अवरुद्ध गरेका कारण नियन्त्रणमा लिएको र मुद्दा चलाउने वा नचलाउने भन्ने विषयमा टुंगो नभएको प्रहरीले जनाएको छ ।

न्याय माग्दै आन्दोलनमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेपछि अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् ।