काठमाडौँ, २ चैत । सरकारी छाप किर्ते गरेको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ परेका छन् ।
aत्रिपुरेश्वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाइदिने प्रलोभन देखाई ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । महानगरीय प्रहरी कार्यालय कालीमाटीबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौँको गोंगबु, मिलन टोल बस्ने अमृत थापा, सोही ठाउँ बस्ने प्रज्ज्वल खड्का, जीवनकुमार श्रेष्ठ, सामाखुसी बस्ने रञ्जित कार्की, बालाजु बस्ने रामजी परियार, नयाँ बसपार्क बस्ने गोमा बजगाईं छन् । यस्तै, गौशाला बस्ने मिठे मगर, ललितपुर, मानिखेल बस्ने रमेश बजगाईं, माछापोखरी बस्ने सन्दीप मैनाली, धुम्बाराही, पिपलबोट बस्ने अभिषेक मगर, सिनामंगल बस्ने निरञ्जन तिवारी र कलंकी बस्ने मदन तामाङ छन् ।
उनीहरूको साथबाट विभिन्न सरकारी तथा निजी कार्यालयका १० थान छाप बरामद भएको छ । कन्सुलर विभागको छाप, राष्ट्रिय परीक्षा बोर्डको छाप, परीक्षा नियन्त्रण कार्यालयलगायत विभिन्न कार्यालयको छाप बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्