अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ३ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले बढेर प्रतितोला ९९ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९९ हजार ३ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।