काठमाडौँ, ३ चैत । केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार भ्रातृ संगठनहरुको तदर्थ समिति गठन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा असफल भएका छन् । अब पनि सुरुमा अध्यक्ष मात्र तोक्ने उनको तयारी छ ।
३ फागुनमा बसेको कार्यसम्पादन समितिको बैठकले १० भ्रातृ संस्थाको केन्द्रीय समिति विघटन गर्ने र स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकिएको तीन महिनाभित्र नयाँ नेतृत्व चयन गर्ने कार्यादेशसहित तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो । समयावधिभित्र नेतृत्व चयन गर्न नसके तदर्थ समिति स्वतः विघटन गर्ने भनिएको थियो । साथै आपसी परामर्शमा तदर्थ समिति गठनको जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको थियो । प्रधानमन्त्री समेत रहेका देउवाले भ्रातृ संस्थामा अध्यक्ष मात्रै तोक्ने तयारी गरेका छन् । ‘फागुनभित्र तदर्थ समिति गठन गर्ने निर्णय गरिएको थियो, अब दुई÷चार दिनमा अध्यक्ष तोकिन्छ’ कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले भने, ‘पूर्ण कार्यसमिति एकै पटकमा आउँदैन ।’
कार्यसम्पादन समितिको निर्णयअनुसार नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, प्रजातन्त्र सेनानी संघ, किसान संघ, आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, तामाङ संघ, ठाकुर समाज, महिला संघ र भूतपूर्व सैनिक संघको तदर्थ समिति बन्नुपथ्र्यो । तर अझैसम्म तदर्थ समिति बनेको छैन ।










प्रतिक्रिया दिनुहोस्