काठमाडौँ, ३ चैत । बलात्कारको आरोप लागेका अभिनेता पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
एक १६ किशोरीले दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले पहविरुद्ध अभियोगपत्र दायर गरेको हो । सरकारी वकिलको कार्यालयले पललाई १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र किशोरीलाई क्षतिपूर्ति दिनपर्ने माग दाबी गरेको छ ।
उनीविरुद्ध मुलुकी अपराध संहिताको दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्