समाचार

ढुंगा प्रहार गरी श्रीमतीको हत्या



बागलुङ, ४ चैत । बागलुङमा ढुंगा प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार ४२ वर्षीया श्रीमती तिला नेपालीलाई ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा बागलुङ नगरपालिका १४ नमुनागाउँ बस्ने ५५ वर्षीय रत्न बहादुर नेपालीलाई पक्राउ गरेको हो  ।

गम्भीर घाइते तिलाको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको थियो ।