काठमाडौँ, ५ चैत । एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले लगाइदिएको ‘झुम्के बुलाकी’ लाएरै माधवकुमार नेपालसहितले काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका बताएका छन् ।
नेकपा एमालेको सम्पर्क समन्वय कमिटीद्वारा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधवकुमारले राजीनामा नदिइ देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएको बताए ।
उनले भने, ‘उहिले उहिले श्रीमतीले श्रीमान् मन परेन र अर्कोसँग बिहे गर्ने मन भए गहना फुकालेर दिन्थे, अनि, हामीले दिएको झुम्के बुलाकी लगाएर जाने ? फुकाल्नुपर्दैन ?’
उनले देउवा नेतृत्वको सरकार बनाउन माधव नेपालले संसद्को पछाडि बसेर लुसुक्क–लुसुक्क मत दिएको आरोप समेत लगाए ।










प्रतिक्रिया दिनुहोस्