समाचार

कोरियामा काम गरिरहेका श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने



काठमाडौँ, ११ चैत । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया गई श्रम गरिरहेका नेपालीसहित आप्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ ।

कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउन रोकिएको प्रक्रिया पुनः सुरु भए पनि सहज नभएपछि कोरियामै काम गरिरहेका श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको हो । दक्षिण कोरिया सरकारले यहाँ श्रम गरिरहेकामध्ये सन् २०२२ अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्ममा प्रवेशाज्ञा सकिने नेपालीसहित सम्पूर्ण प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको जनाएको छ ।

निर्णयअनुसार ईपीएस प्रक्रियामार्फत दक्षिण कोरिया आई ई–९ प्रवेशाज्ञामा  श्रम  गरी प्रवेशाज्ञा  सकिन  लागेकाले एक वर्ष थप प्रवेशाज्ञा पाउनेछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।