Banner News

७ लाख ६१ हजार फाइजर खोप नेपाल आइपुग्यो



काठमाडौँ, ११ चैत । कोरोना भाइरसविरुद्धको ७ लाख ६१ हजार मात्रा फाइजर खोप नेपाल आइपुगेको छ ।

अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत ७ लाख ६१ हजार मात्रा फाइजर खोप शुक्रबार बिहान आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जन्येको छ ।

अमेरिकी सरकारले ९२ लाख डोज दिने घोषणा गरेको छ । विभागका अनुसार २८ मार्चमा थप ८ लाखको फाइजर खोप आउने कार्यतालिका छ ।

फाइजर खोप १२ वर्ष भन्दा उमेरका नागरिकलाई दिइने छ । पछिल्लो तथ्यांक अनुसार ६० लाख डोज खोप भण्डारणमा छ ।