समाचार

बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, तीन दर्जन घाइते



जनकपुरधाम, १३ चैत । सर्लाहीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने तीन दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् ।

सर्लाही प्रहरीका अनुसार बीरगञ्जबाट जनकपुरधामतर्फ आउँदै गरेको ना.४ख ८५५५ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिकास्थित फुलजोर पुलबाट तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मृतकको नाम खुल्न सकेको छैन् । अन्य तीन दर्जन यात्रु घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा पुर्‍याइएको छ । बस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।