उदयपुर, १४ चैत । उदयपुरगढी गाउँपालिका– १ शिखरपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
आइतबार लागेको आगलागीबाट ७ घर जलेर नष्ट भएका छन् । आगलागीबाट ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय ओमबहादुर मगरको घरबाट एक्कासी आगलागी हुँदा उनकी आमा शिवमायाको मृत्यु भएको हो ।
आगलागीबाट भैरबबहादुर ग्राङ्जा मगर, पदमबहादुर ग्राङ्जा मगर, यम्बरबहादुर ग्राङ्जा मगर, दिपबहादुर ग्राङ्जा मगर, धनमाया ग्राङ्जा मगर, शेरबहादुर ग्राङ्जा मगर र ओमबहादुर ग्राङ्जा मगरको घरगोठ जलेर नष्ट भएको छ ।










प्रतिक्रिया दिनुहोस्