Banner News

सार्वजनिक जग्गाको अभिलेख राखी संरक्षण गर्न स्थानीय तहलाई निर्देशन



काठमाडौँ, १५ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरुलाई सार्वजनिक जग्गा संरक्षण गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सार्वजनिक जग्गा अतिक्रमण गरेको उजुरी बढ्न थालेपछि  स्थानीय तहलाई सार्वजनिक जग्गा संरक्षण गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका शाखा अधिकृत शेखर निधि पौड्यालद्वारा जारी  विज्ञप्तिमा  सरकारी एवम्  सार्वजनिक प्रकृतिका जग्गाहरु बिनाईजाजत प्लटिङ गर्ने, नयाँ नक्सांकनमा घुसाउने, दर्ता गर्ने नक्सामा ओभरल्यापिङ गर्ने, अनाधिकृत जग्गा हडप्ने जस्ता कानुनविपरीत सरकारी सम्पती हिनामिना गरेको उजुरीसहित सबै स्थानीय तहहरुलाई जग्गा संरक्षण गर्न भनिएको छ ।