एजेन्सी, २० चैत । श्रीलङ्कामा कर्फ्यु आदेशसँगै सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाइएको छ ।
हिजो बेलुकी ६ बजेदेखि ३६ घण्टे कर्फ्यु आदेश जारी गरेको श्रीलङ्का सरकारले सामाजिक सञ्जालको पहुँच पनि बन्द गरेको बीबीसीले जनाएको छ । श्रीलङ्कामा फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल बन्द गरिएका छन् । राष्ट्रपति गोटाबाय राजापाक्षेले अधिकारीहरूको लिखित अनुमति बाहेक कुनै पनि सार्वजनिक सडक, पार्क, रेल वा समुद्री किनारमा जान निषेध गरिएको आदेश जारी गर्नुभएको छ ।
प्रदर्शनकारीहरुले बिहिबार राष्ट्रपति भवन नजिकै गाडीमा आगजनी गरेपछि प्रदर्शन रोक्नका लागि देशव्यापी कर्फ्यु आदेश जारी भएको हो । सेनालाई बिना वारेन्ट पक्राउ गर्ने अधिकार दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्