राजनीति

ओली र प्रचण्डबीच तुलना हुन सक्दैन : नेता साह



रौतहट, १ बैशाख । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच तुलना हुन नसक्ने बताउनुभएको छ ।

रौतहटको कटहरिया नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ओलीले भनेको कुरा गरेर देखाइराखेको तर प्रचण्ड बोलीको ठेगान भएको नेता नरहेको जिकिर गर्नुभयो । पाँच दलीय गठबन्धनले देशलाई निकास दिन नसक्ने जिकिर गर्दै उहाँले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको एक वर्ष नबित्दै चौतर्फी महँगी र भ्रष्टाचार बढेको दावी गर्नुभयो ।

कार्यक्रममा एमाले केन्द्रिय सदस्य तथा पूर्व प्रदेश सांसद कुन्दन कुश्वाहा, कटहरिया नगर प्रमुख सियाराम कुश्वाहा, एमाले प्रदेश कमिटी सदस्य त्रिभुवन साह, प्रदेश उपसचिव आरती भण्डारी, कटहरिया नगर कमिटी अध्यक्ष योगेन्द्र साह, लगायतका नेताले बोल्नुभएको थियो ।