ललितपुर, १ बैशाख र। गोदावरी नगरपालिका(१४ ठैव बस्ने राजेश महर्जनको घरमा तास खेलिरहेको अवस्थामा राजेश लगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ४३ हजार ६ सय ९० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्