राजनीति

सात प्रदेश र ७७ जिल्लामा प्रतिनिधि खटाउने तयारीमा कांग्रेस



काठमाडौँ, २ बैशाख । सत्तारूढ दल नेपाली कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने तयारी गरेको छ । यस्तै सात प्रदेशमा सातजना सहमहामन्त्रीलाई परिचालन गर्ने पनि पार्टीले तयारी गरेको छ ।

स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुँदै छ । निर्वाचनका लागि पार्टीले सातै प्रदेशका ७७ जिल्लामा पाँच दलीय सत्ता गठबन्धनको मर्म अनुसार चुनावी गठबन्धन गरेर निर्वाचन लड्ने बताइसकेको छ ।

केन्द्रीय सदस्य नैनसिंह महरका अनुसार पार्टीले स्थानीय तह निर्वाचनमा गठबन्धन र उमेदवारको टुंगो लगाउन जिल्ला र प्रदेशमा प्रतिनिधि खटाउने तयारी गरेको हो ।