Banner News

कुनै पनि दलसँग तालमेल गर्दैनौँ : अध्यक्ष लिङदेन



काठमाडौँ, ४ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले कुनै पनि दलसँग तालमेल नगर्ने बताएका छन् ।

आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङदेनले राप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जनतामाझ जाने र चुनावी तालमेल नहुने बताएका हुन् ।

राप्रपाले मौका पाउनेबित्तिकै नेपालमा राजसंस्था ल्याउने र हिन्दुराष्ट्र समेत घोषणा गरिने उनले बताए । धनुषाको वीरन्द्रबजारमा पार्टी प्रवेश एवं स्थानीय तह निर्वाचनकेन्द्रित कार्यक्रममा सहभागी हुने क्रममा अध्यक्ष लिङदेन र केन्द्रीय सदस्य एवम् नायिका रेखा थापा जनकपुरधाम गएका हुन् ।