राजनीति

एक महानगर र चार उपमहानगरमा माओवादीको दाबी



काठमाडौँ, ५ बैशाख । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकासहित र चार उपमहानगरपालिकामा नेतृत्व दावी गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा माओवादी भरतपुर ११ उपमहानगरपालिकामध्ये जितपुर सिमरा, घोराही, धरान र हेटौंडाको नेतृत्व माओवादी केन्द्रले पाउनुपर्ने दाबी गरेको नेता वर्षमान पुनले जानकारी दिनुभयो ।