काठमाडौँ, ६ बैशाख । भक्तपुरमा बिस्केट जात्राको रथको पाङ्ग्राले चेपिएर एक जनाको मृत्यु भएको छ ।
बिस्केट जात्राको अन्तिम दिन सोमबार गहिटीबाट बंशगोपाल तर्फ लैजाँदै गरेको रथ नासमाना चोकमा पुग्दा सूर्यविनायक नगरपालिका-५ का ७१ वर्षका दुर्गामान कस्पाललाई पाङ्ग्राले चेपेको प्रहरीले जनाएको छ ।
पांग्राले चेपेर गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा साढे ६ बजे मृत्यु भएको हो ।










प्रतिक्रिया दिनुहोस्