राजनीति

स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनैपर्ने



काठमाडौँ, ७ बैशाख । सर्वोच्च अदालतले जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदवार बन्न पाउने निर्वाचन आचारसंहितविरुद्धको रिट खारेज गरेको हो । यो संगै स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनैपर्ने भएको छ ।

मंगलबार न्यायाधीशहरु तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आयोगको स्थानीय तहको चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने अयोगकै निर्णयलाई सदर गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन अयोगको प्रावधानविरुद्ध रिट दायर गरेका थिए । सर्वोच्चले उक्त रिट खारेज गरेसँगै बहालवाला जनप्रतिनिधिले उम्मेरदवार दिनुअघि पदबाट राजीनामा दिनुपर्नेछ ।