गिलगिट-बाल्टिस्तान, ८ बैशाख (एएनआई) । पाकिस्तान अधिराज्य गिलगिट-बाल्टिस्तानका मानिसहरूले पाकिस्तानको विरुद्धमा विरोध प्रदर्शन गरिरहेका छन् किनभने गाउँहरूको ठूलो भाग सेनालाई उनीहरूको नयाँ सुरक्षा इकाईको लागि विभिन्न पूर्वाधारहरू स्थापना गर्न दिइएको छ। चीन पाकिस्तान इकोनोमिक करिडोर (CPEC) परियोजनाका लागि निर्माणको लागि भनेर स्थानीयको जमिन यसरी बलपूर्वक लिइएको हो ।
इस्लाम खबरको रिपोर्ट अनुसार पाकिस्तानी सेनाले जबरजस्ती आफ्नो पुर्खाको जमिन निजी ठेकदारहरुलाई दिएको र ति ठेकदारहरुलाई पनि सेनाले जथाभावी लाइसेन्स दिएको आरोप र आक्रोशमा स्थानीयहरु प्रर्दशनमा उत्रिएका हुन् । थाक दास र मकपुन दास क्षेत्रमा बिशेष प्रदर्शन गरिएको छ । २०० भन्दा धेरै निहत्था र निर्दोष गाँउलेमाथि सेनाले वारेन्ट जारी गरेको छ । चीनसंगको बिकास परियोजनाका लागि भनेर यसरी स्थानीयहरुको गरिखाने सम्पति हडप्ने प्रकरण अहिले इस्लामावाद, लाहोर, कराँची जस्ता शहरहरुमा पनि तेजीको साथ चलिरहेको खबर छ ।
प्रतिक्रिया दिनुहोस्