Banner News

एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक गरिने



काठमाडौँ, ९ बैशाख । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ।

च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ । पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेका हुन् ।  यसअघि एकीकृत समाजवादी, राप्रपा, राप्रपा नेपाल लगायत दलहरूले घोषणापत्र/प्रतिबद्धता सार्वजनिक गरिसकेका छन् ।