Banner News

फेरि सर्‍यो कांग्रेस कार्यसम्पादन समितिको बैठक



काठमाडौँ, १० बैशाख । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सरेको छ ।

आज बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजेलाई सारिएको हो । कार्यसम्पादन समितिको बैठक शुक्रबारका पनि बोलाइएको थियो । तर, पदाधिकारीको बैठक लम्बिएपछि शुक्रबार बैठक बस्न सकेन । आज पनि शीर्ष नेताहरूको छलफलका कारण ११ बजेको बैठक २ बजे सारिएको हो ।