विश्व

अफगानिस्तानमा बम विस्फाेट हुँदा ३३ जनाको मृत्यु



एजेन्सी, १० बैशाख । अफगानिस्तानमा बम विस्फाेट हुदा बालबालिकासहित ३३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार कुन्दुज प्रान्तको एक मस्जिदमा प्रार्थना भइरहेको बेला भएको शक्तिशाली विस्फाेटमा परेर ३३ जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन ।

यसै हप्ता अरु दुई वटा ठूला विस्फाेट गराएको आईएसआईएस समूहले नै आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।