समाचार

हत्या आरोपमा तीनजना पक्राउ



तनहुँ, १३ बैशाख । कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार शुक्लागण्डकी नगरपालिका ५ गल्छिना बस्ने २९ वर्षीय बिशाल ढुङगाना कबरस्थानस्थित पानी जमेको खोल्सामा मृत अवस्थामा फेला परेका थिए ।

घटना सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा संलग्न तनहुँ शुक्लागण्डकी नगरपालिका १० बस्ने ३८ वर्षीय बिमल सुनार, सोही नगरपालिका ८ बस्ने २५ वर्षीय सुशिल बिक र सोही नगरपालिका ३ बस्ने ४७ वर्षीय होम बहादुर बिकलाई पक्राउ गरेको हो । जिल्ला अदालत तनहुँबाट १२ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।