Banner News

थप ११ जनामा कोरोना संक्रमण, १७ जना डिस्चार्ज



काठमाडौँ, १४ बैशाख । थप ११ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २ सय ५२ जना रहेका छन । मन्त्रालयका अनुसार आज १७ जना डिस्चार्ज भएका छन । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना रहेको मन्त्रालयले जनाएको छ ।