काठमाडौँ, १५ बैशाख । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई काउण्टर जवाफ दिनुभएको छ ।
महामन्त्री थापाले हिजो पत्रकार सम्मेलन गरी एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्युसन पढाउनु पर्ने भएकाले आफुले भ्याएको समयमा बालकोट गएर ट्युसन पढाउने अभिव्यक्ति दिनुभएको थियो । अध्यक्ष ओलीले केही समय अगाडी कांग्रेसको चुनावी प्रतिवद्धतामा एमालेलाई अनावश्यक गाली गलैज गर्नु पागलपनाको पराकाष्ट भएको साथै एमालेको चुनावी प्रतिवद्धताहरुलाई कपी गरेको उल्लेख गर्नुभएको थियो । उक्त कुरालाई कांग्रेस महामन्त्री थापाले पत्रकार सम्मेलन गरी प्रतिवाद गर्नुभएको थियो । उक्त क्रममा अध्यक्ष ओलीलाई ट्युसन पढाउनुपर्ने अवस्था आएको महामन्त्री थापाले बताउनुभएको थियो ।
सोही विषयलाई काउण्टर जवाफ दिँदै नेता बस्नेतले महामन्त्री थापालाई कांग्रेसबाट उम्मेद्वार छनौट प्रकृयामा पार्टीको निर्णयलाई अस्वीकार गर्दै देशभर बागी बिद्रोही हाल्ने आफ्ना साथीहरुलाई सम्झाउन आग्रह गर्नुभयो । ब्रेक फेलभएको तथा भिरको ओरालो हिडेको कांग्रेसलाई ठीक ठाउँमा ल्याउन महामन्त्री थापालाई आग्रह गर्दै नेता बस्नेतले कांग्रेसले स्थानीय तहका निर्वाचनको लागि टिकट वितरणमा आर्थिक लेनदेन, धाँदली, चलखेल र अनियमितता भएको भन्दै गोरखा, काभ्रे, खोटाङ्ग लगाएत जिल्लामा कुटाकुट गर्ने उम्मेद्वार अनि प्रचाण्डेग्रेस, माधबाग्रेस, उपेन्द्ग्राग्रेस हुन नसकेर देशभर बागी बिद्रोही हालेको स्मरण गराउनुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, टिकट वितरण प्रकृयामा आर्थिक लेनदेन, धाँदली, चलखेल र अनियमितता भएको भन्दै गोरखा, काभ्रे, खोटाङ्ग लगाएत जिल्लामा कुटाकुट गर्ने उम्मेद्वार अनि प्रचाण्डेग्रेस, माधबाग्रेस, उपेन्द्ग्राग्रेस हुन नसकेर देशभर बागी बिद्रोही हाल्ने साथीहरुलाई सम्झाउन छाडेर, ब्रेक फेलभएको, भिरको ओरालो हिडेको कांग्रेसलाई ठीक ठाउँमा ल्याउन छाडेर बा र गुरु सरहका नेतालाई ट्युसन पढाउन मन लागेछ मेरो मित्र गगन जि लाई । बोको बड्यो भने मुखमा …… गर्छ भन्थे, हो रहेछ ।










प्रतिक्रिया दिनुहोस्