समाचार

७ जना जुवाडे पक्राउ



काठमाडौँ, १६ बैशाख । ७ जना जुवाडेलाई काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार तास खेलिरहेको अवस्थामा चन्द्रागिरि नगरपालिका-१५ तिनथानास्थित ३७ वर्षीय शिवहरि राउतको घरबाट शिवहरिसहित ७ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई तास खेल्दै गरेको अवस्थामा नगद ८३ हजार रुपैयाँसहित फेला पारी पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।