काठमाडौँ, १८ बैशाख । काठमाडौँ उपत्यकामा एकै दिन ४६७ सवारी चालक कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने ४६७ चालकलाई शनिबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको हो ।
फुटपाथमा पार्किङ गर्ने ९२ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ७४ जना, मदिरा पिएर सवारी साधन चलाउने ६५ जना कारबाहीमा परेका छन् । तीव्र गतिमा सवारी साधन चलाउने ९० जना, ढोका खुल्लै राखेर सवारी चलाउने ४९ जना, क्षमताभन्दा बढी यात्रु राख्ने २२ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।
अवस्था ठिक नभएको सवारी साधन चलाउने ३३ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ४२ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।










प्रतिक्रिया दिनुहोस्