राजनीति

आयोगले सामाजिक सञ्जालमा मिथ्या सूचना राखे कारबाही गर्ने



काठमाडौँ, १८ बैशाख । निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलहरुलाई मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति पोष्ट भइरहेको भन्दै आयोगले यस्ता काम रोक्ने चेतावनी दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले त्यस्तो काम नगर्न आग्रह गरेका छन् । उनले भनेका छन्, “उमेदवार तथा राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार द्वेशपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोस्ट भइहेको र यस्ता गतल, भ्रामक लाञ्छना लगाउने, चरित्र हत्या हुने वा यस्तै प्रकृतिका निर्वाचनलाई प्रत्यक्ष रूपमा पभाव पार्ने कू सामग्री सामाजिक सञ्जालमा पोस्ट हुँदा निर्वाचनको स्वच्छतामा प्रभाव पार्ने भएकाले यस्ता प्रकृतिका कार्य कुनै पनि हालतमा नगर्न आयोग सबैमा निर्देशन दिन्छ ।”