Banner News

भोलि सार्वजनिक बिदा (विज्ञप्तिसहित)



काठमाडौँ, १९ बैशाख । सरकारले भोलि मंगलबारका लागि देशभर सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी गरेको विज्ञप्ति अनुसार इद उल फित्रका अवसरमा बिदा दिइएको हो ।

०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्रमा बिदा दिने निर्णय थियो ।